काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सामूहिक लगानी कोषलाई छुट्याइएको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक-इन अवधि आगामी असोज २ गते समाप्त हुने जनाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डलाई दिएको जानकारीअनुसार प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत निष्काशन गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात १ लाख ११ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो ।
कम्पनीको आईपीओ २०८२ चैत ३ गते बाँडफाँट गरिएको थियो । सोही मितिबाट गणना हुने गरी छ महिनाको लक-इन अवधि २०८३ असोज २ गते (१८ सेप्टेम्बर २०२६) सम्म कायम रहने कम्पनीले जनाएको छ ।
लक-इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि खुला हुनेछ ।