अपर हेवाखोलाका सेयरधनी घिमिरेले ४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका आधारभूत सेयरधनी सुदीप घिमिरेले आफूले धारण गरेको ४ लाख ५२ हजार ५३३ कित्ता सेयर बिक्री गर्ने भएका छन् । 

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार घिमिरेले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशयको निवेदन कम्पनीमा भदौ १५ गते दिएका हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ बमोजिम आधारभूत सेयरधनीले आफूले धारण गरेको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डले भदौ ९ गते जारी गरेको निर्देशनअनुसार सोही व्यवस्था कार्यान्वयन गर्दै कम्पनीले सेयर बिक्रीसम्बन्धी जानकारी सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीका अनुसार घिमिरेले बिक्री गर्न लागेका सेयर आगामी तीन महिनाभित्र चरणबद्ध रूपमा बिक्री गर्न सक्नेछन् ।

Share News