काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको मंगलबार बिहान बसेको ३७२औँ बैठकले चुक्ता पुँजीको आधारमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावअनुसार १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ चुक्ता पुँजीमा १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गरिनेछ ।
फाइनान्सले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभामा पेश गर्ने जनाएको छ । साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई नगद लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।