काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
बैंक सञ्चालक समितिको आइतबार बसेको ५०६औं बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक तथा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि डा. अर्यालले भदौ १५ गते नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
डा. अर्याल नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् । उनी हिमालयन बैंकको सञ्चालकका रूपमा संस्थापक समूहको प्रतिनिधित्व गर्दै आएका थिए ।