यूएईमा रहेका अमेरिकी सैन्य अड्डामा इरानको हमला

काठमाडौं । इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।

इरानी सेनाका अनुसार आक्रमणमा यूएईस्थित अल–मनहद सैन्य अड्डामा रहेका अमेरिकी हेलिकोप्टर तथा अमेरिकी सेनाका स्थानहरूलाई लक्षित गरिएको थियो ।

बीबीसीको फारसी सेवाका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले यी हमला अघिल्लो रात लाराक द्वीपमा अमेरिकाले गरेको आक्रमणको जवाफमा गरिएको जनाएको छ ।

अमेरिकी सेनाले अघिल्लो रात लाराक द्वीपमा रहेका दुई इरानी मिसाइल प्रक्षेपकलाई निशाना बनाएको थियो । त्यसको जवाफमा इरानी रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोनमार्फत हमला गरेको घोषणा गरेको थियो ।

Share News