मुुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई २.२० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ ।

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । त्यसअनुसार भदौ २३ गतेसम्म कायम रहेका इकाइधनीले मात्र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ म्युचुअल फन्ड–१ को कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ ।

Share News