विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले डाक्यो भर्चुअल केन्द्रीय समिति बैठक

काठमाडौं । विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी सूचना जारी गरिएको छ ।

पार्टीले दिएको जानकारीअनुसार बैठक आज आज अपरान्ह ४ः३० बजे बस्नेछ ।

बैठकका मुख्य कार्यसूचीमा पछिल्लो समय देखिएका बाढी, पहिरोलगायत विपद्का घटनाको सन्दर्भमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्ने विषय राखिएको छ । 

बैठकमा विपद्का बेला उद्धार, राहत, पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल हुने बताइएको छ ।

Share News