लघुवित्तले साइकोमेट्रिक क्रेडिट स्कोरिङका आधारमा कर्जा दिन सक्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङसमेतका आधारमा कर्जा विश्लेषण गरी कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

साइकोमेट्रिक क्रेडिट स्कोरिङ भनेको ऋणीलाई कर्जा दिनुअघि उसको व्यवहार, निर्णय गर्ने शैली, अनुशासन, जोखिम लिने प्रवृत्ति, इमानदारी तथा कर्जा तिर्ने सम्भावनाजस्ता मनोवैज्ञानिक र व्यवहारगत पक्षको मूल्याङ्कन गरी क्रेडिट स्कोर तयार गर्ने विधि हो । 

संशोधित व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङसमेतलाई आधार बनाएर कर्जा विश्लेषण गर्न सक्नेछन् । 

Share News