काठमाडौं । तीनवटा ब्रोकर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सनी सेक्युरिटिज, केबीएल सेक्युरिटिज र ग्लोबल आइएमई सेक्युरिटिज रहेका छन् ।
सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
लाभांश प्रस्ताव पारित गर्न तीनै कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । सनी सेक्युरिटिजले असोज १ गते, केबीएल सेक्युरिटिजले असोज २ गते र ग्लोबल आइएमई सेक्युरिटिजले असोज ४ गते साधारण सभा गर्ने भएका छन् ।
तीनै कम्पनीको साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सनी सेक्युरिटिज र केबीएल सेक्युरिटिजको साधारण सभाले सञ्चालक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।