२ अर्ब ३३ करोड घाटामा हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ३३ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । जबकि कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३९ करोड ३ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीको खुद बीमाशुल्क आर्जन ५.६९ प्रतिशत घटेर ६ अर्ब १ करोड ५६ लाख ३४ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड ८७ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ५८ करोड ८५ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६७ करोड २८ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 

समीक्षा वर्षमा कम्पनीले ७ अर्ब ५७ लाख ९६ हजार रुपैयाँ कुल आम्दानी गरेर १० अर्ब ४४ करोड ८६ लाख २४ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ७३ करोड ४ लाख ५४ हजार रुपैयाँ कुल आम्दानी गरेर ५ अर्ब ७७ करोड ४० लाख १ हजार रुपैयाँ कुल खर्च गरेको थियो । 
१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख ६ हजार रुपैयाँ, विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड ५ लाख ४४ हजार रुपैयाँ, महाविपत्तिक कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष ८२ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको सञ्चित नाफा गत वर्ष ३ अर्ब २८ करोड ६ लाख २८ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १२.७९ रुपैयाँ रहेकोमा गत वर्ष २१.५० रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.५८ रुपैयाँ रहेको छ । 

Share News