काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना दिँदै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले आपसी हित र सहकार्यका आधारमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।