काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन बैंक लिमिटेडको १० प्रतिशत डिबेन्चर २०८३ को सूचीकरण खारेज गरेको छ ।
नेप्सेका अनुसार बैंकले जारी गरेको ७ वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २५ लाख ६६ हजार ९०४ कित्ता डिबेन्चरको सूचीकरण खारेज गरिएको हो ।
‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’को परिपक्व अवधि भदाै ८ गते समाप्त भएको नेप्सेले जनाएको छ ।
परिपक्व अवधि समाप्त भएसँगै भदाै ५ गतेको कारोबार समयपश्चात उक्त ऋणपत्रको सूचीकरण खारेज गरिएको नेप्सेको पत्रमा उल्लेख छ।
नेप्सेले हिमालयन बैंकबाट प्राप्त सूचीकरण खारेजीसम्बन्धी पत्रका आधारमा ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय गरेको जनाएको छ ।
उक्त डिबेन्चर ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा जारी गरिएको थियो ।