मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोल बस्ने अन्दाजी ५ वर्षीय आदित्य कुमार महतोलाई ठक्कर दिँदा उनको टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते भएका बालकलाई शुभ स्वस्तिक अस्पताल, बर्दिबासमा लगेर सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो।

इ.प्र.का. गौशालाबाट खटिएको टोलीले उक्त मोटरसाइकल र गौशाला नगरपालिका–८, बेलगाछी बस्ने अन्दाजी ४१ वर्षीय मोटरसाइकल चालक दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिई इ.प्र.का. गौशालामा राखिएको छ।

न्युरो अस्पताल, जनकपुरबाट थप उपचारका लागि बालकलाई मेडिसिटी अस्पताल, ललितपुर रिफर गरिएको थियो। मेडिसिटी अस्पताल, ललितपुरमा उपचारका क्रममा घाइते आदित्य कुमार महतोको मृत्यु भएको हो। घट्ना बारे थप अनुसन्धान भइरहेको छ ।

Share News