बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, आजै नियुक्ति हुँदै

किरण थापा मगर । फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका सांसद किरण थापा मगर बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।उनले मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । 

एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपश्चात प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजे थापालाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम तय गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । त्यसलगत्तै शपथ ग्रहण पनि हुने जनाइएको छ ।

योसँगै थापा बागमती प्रदेशको सातौं मुख्यमन्त्री बन्नेछन् । 

एमालेबाट मुख्यमन्त्रीसहित तीन, नेकपाबाट दुई र राप्रपाबाट तीन जना मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ । 

Share News