काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेको छ । बजार ०.७३ प्रतिशतले घटेर २६२२.४८ विन्दुमा झरेको हो ।
सोमबारको कारोबारपछि २६४१.८२ विन्दुमा रहेको नेप्से मंगलबार २६२२.४८ विन्दुमा बन्द भएको छ ।
मंगलबार बजारमा कुल ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनभर १ करोड ५१ लाख ९६ हजार ८२ कित्ता सेयर किनबेच भएको छ ।
कुल ५५ हजार २४६ वटा कारोबारबाट ३४७ कम्पनीका सेयर कारोबार भएका छन् ।
कारोबार भएका कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ । २१७ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
मंगलबारको कारोबारमा सर्वोत्तम पेन्टसको सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ५२४.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, माउन्ट एभरेष्टको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर ६०३.२० रुपैयाँ पुगेको छ । मनकामना इन्जिनियरिङको सेयर मूल्य ४.७८ प्रतिशत, माथिल्लो मैलुनको ३.६४ प्रतिशत र एचएलआई लार्जको संस्थापक सेयरको ३.५७ प्रतिशतले बढेको छ ।
मंगलबार कारोबार रकमका आधारमा एग्रीकल्चर बोन्ड अगाडि रहेको छ । यसको ५० करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख रुपैयाँ, खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँ, रिलाइन्स स्पिीनिङको १६ करोड ७८ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।