नाइमा एक्स्पोमा एथरको ५०० भन्दा बढी स्कुटर बुकिङ

काठमाडौं । वैद्य इनर्जीअन्तर्गतको एथर नेपालले हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२६ मा उत्साहजनक सहभागिता जनाएको छ  ।  ६ दिनसम्म चलेको एक्स्पोमा एथरका इलेक्ट्रिक स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दा ५०० भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको आकर्षण केवल छुट तथा अफरमा सीमित नभई प्रविधि, ब्याट्रीको दीर्घकालीन वारेन्टी, चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्कमा समेत केन्द्रित देखिएको छ । 

ब्याट्री सुरक्षामा ‘एथर अस्योरेन्स’

नेपाली ईभी बजारमा स्कुटर खरिदपछि ब्याट्री र सर्भिसलाई लिएर ग्राहकमा रहने अन्योललाई सम्बोधन गर्न एथरले ‘एथर अस्योरेन्स’लाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

कम्पनीले ‘एट७० वारेन्टी’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ । सर्तअनुसार उक्त अवधिमा ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने कम्पनीको दाबी छ ।

एथरले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार गरिसकेको जनाएको छ ।  

‘ओभरटोन’ सिरिजमा ग्राहकको आकर्षण

एक्स्पोमा एथरको ४५० ओभरटोन सिरिज मुख्य आकर्षण बनेको थियो । नयाँ प्रविधि र फिचरसहितको उक्त सिरिजमा अवलोकनकर्ताको विशेष चासो देखिएको कम्पनीले जनाएको छ  ।

सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भोइस अन एथरजस्ता फिचर उपलब्ध छन् । म्याजिक ट्विस्टमार्फत एक्सिलेटरलाई उल्टो घुमाएर रिजेनेरेटिभ ब्रेकिङ नियन्त्रण गर्न सकिन्छ ।

त्यस्तै, इन्फिनिट क्रुजले लामो दूरीको यात्रालाई सहज बनाउने र भोइस अन एथरले आवाजमार्फत स्कुटरसँग अन्तरक्रिया गर्न सकिने सुविधा प्रदान गर्छ ।

एक्स्पोमा एथरको ४५० सिरिजसँगै पारिवारिक प्रयोगका लागि उपयुक्त रिज्टा मोडलप्रति पनि ग्राहकको उत्साहजनक चासो देखिएको थियो । 

५०० बुकिङले बढायो उत्साह 

एथर नेपालका प्रतिनिधिका अनुसार एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङ बिक्रीको तथ्याङ्क मात्रै नभई नेपाली ग्राहकको प्रविधिप्रतिको बढ्दो विश्वासको संकेत हो ।

कम्पनीले ग्राहकले अब छोटो अवधिका छुट र अफरभन्दा पनि भरपर्दो प्रविधि, ब्याट्रीको सुनिश्चितता, चार्जिङ सुविधा र सर्भिस नेटवर्कलाई प्राथमिकता दिन थालेको जनाएको छ ।

एथर नेपालले अत्याधुनिक प्रविधि, चार्जिङ नेटवर्क र ग्राहक सेवामार्फत नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

Share News