सभापति थापा भन्छन्– पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् ।

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् । 

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । 

सोही सन्दर्भलाई थापाले जन्मेदेखि आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका हुन् ।

उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, त्योभन्दा धेरै निन्दा यो गएको तीन दिनमा भएको छ, मेरो ।’

उनले सञ्चारमाध्यमका हेडलाइन नै आफ्नो निन्दाले भरिएको पनि बताए ।

Share News