सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.८१ अंकले बढेर २६५१ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड, सोलु हाइड्रोको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड र युनाइटेड मोदीको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

Share News