अब कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन अनिवार्य

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण सेवाका लागि नेपाल ई–अटेसेसन प्रणाली (एनईएटीएस) सञ्चालनमा ल्याएको छ ।

विभागले बुधबार (आज) सूचना जारी गर्दै साउन २९ गतेदेखि कन्सुलर प्रमाणीकरण सेवाका लागि एनईएटीएस मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको हो ।

विभागका अनुसार भदौ १ गतेदेखि कागजात प्रमाणीकरणका लागि एनईएटीएस प्रणालीमार्फत अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

सेवाग्राहीले प्रणालीमा आवेदन गरी आवश्यक कागजात अपलोड गर्नुपर्ने विभागले जनाएको छ ।

अनलाइन आवेदन गरेपछि विभागले आवेदन स्वीकृत गरेपछि मात्रै तोकिएको राजस्व बुझाउनुपर्नेछ । 

त्यसपछि आफ्नो अपोइन्टमेन्टको मिति र समयमा सक्कल कागजातसहित कन्सुलर सेवा विभागमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

null

Share News