धनगढीमा टाटाका बीएस६ बस च्यासिस सार्वजनिक

धनगढी । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा टाटा मोटर्सका अत्याधुनिक बीएस६ बस च्यासिस सार्वजनिक गरेको छ ।

सिप्रदीले कार्यक्रम आयोजना गरी सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायी, यातायात समितिका प्रतिनिधि तथा सरोकारवालाबीच नयाँ बस च्यासिस सार्वजनिक गरेको हो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी प्रमुख अतिथि रहेका थिए । सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा ८ मिटरदेखि १२ मिटरसम्म लम्बाइका टाटा बीएस६ बस च्यासिस प्रदर्शन गरिएको थियो ।

छोटो तथा मध्यम दूरीका लागि डे बस र लामो दूरीका यात्राका लागि नाइट बसका विभिन्न मोडल प्रदर्शन गरिएको कम्पनीले जनाएको छ । 

सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले बीएस६ प्रविधिका विशेषताबारे जानकारी दिएका थिए ।

उनका अनुसार नयाँ पुस्ताका यी बस च्यासिसले कम प्रदूषण उत्सर्जन गर्छन् । इन्धनको राम्रो उपयोग गर्ने र बढी माइलेज दिने उनको भनाइ छ ।

बसमा आधुनिक इन्जिन व्यवस्थापन प्रणाली र उन्नत प्रदूषण नियन्त्रण प्रणाली राखिएको छ ।  त्यस्तै, उत्कृष्ट टर्क र पावर, कम कम्पन, कम आवाज, लामो इन्जिन आयु र कम मर्मत खर्च बीएस६ बस च्यासिसका प्रमुख विशेषता रहेको पोखरेलले बताए । 

बीएस६ बस च्यासिसमा चालकको सहजताका लागि आधुनिक डिजिटल उपकरण समूह र उन्नत जाँच प्रणाली राखिएको छ ।

त्यस्तै, राम्रो ब्रेकिङ क्षमता, उच्च उकालो चढ्ने क्षमता र यात्रु सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

यी सुविधाले सञ्चालन खर्च घटाउनुका साथै यातायात व्यवसायीलाई दीर्घकालीन लाभ पुग्ने पोखरेलको भनाइ छ । 

सिप्रदीले बीएस६ सवारीसाधन बिक्रीमा मात्र सीमित नभई ग्राहक सेवामा पनि विशेष ध्यान दिँदै आएको जनाएको छ ।

कम्पनीले बीएस६ प्रविधि, एडब्लु नीलोको सही प्रयोग, इन्धन बचत, सुरक्षित सवारी सञ्चालन तथा उचित मर्मतसम्भारसम्बन्धी चालक प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

आगामी दिनमा पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले टाटाका बीएस६ बस च्यासिसप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।

नयाँ प्रविधियुक्त बसले सार्वजनिक यातायात क्षेत्रलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास थियो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागका दीपेन्द्र चन्दलगायतको पनि उपस्थिति रहेको थियो ।

Share News