नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक, १५ लाख ५० हजारसम्मको लाभ

काठमाडौं । नेपालमा एमजीको सबैभन्दा ठूलो र शक्तिशाली एसयूभी एमजी मेजेस्टर सार्वजनिक भएको छ ।

जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा मेजेस्टर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार मेजेस्टर भारतको पहिलो डी–प्लस एसयूभी हो । यो पूर्ण आकारका एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्छ ।

५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको मेजेस्टरको सडकमा आकर्षक उपस्थिति देखिन्छ । यसमा २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २६५/५५ आर१९ अल–टेरेन टायर प्रयोग गरिएको छ । 

२१५.५ पीएस पावर

मेजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ । यसले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ ।

यसलाई ८–गियर स्वचालित गियरबक्ससँग जोडिएको छ । मेजेस्टर दुई पांग्रे र चार पांग्रे दुवै सञ्चालन प्रणालीमा उपलब्ध छ ।

नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसमा १० वटा अफ–रोड मोड उपलब्ध छन् । स्यान्ड, स्नो, मड र रक मोडलगायत सुविधा छन् ।

त्यस्तै, अगाडि, बीच र पछाडिको गरी तीनवटा डिफरेन्सियल लक तथा ८१० मिलिमिटरसम्म पानीमा चल्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । 

६ र ७ सिटको विकल्प

मेजेस्टरमा ६ सिट र ७ सिटको विकल्प उपलब्ध छ । ६ सिटको संस्करणमा दोस्रो पंक्तिमा क्याप्टेन सिट राखिएको छ । अगाडिका सिटमा एम–लाउन्ज बहु–मोड मसाज र भेन्टिलेसन सुविधा छ ।

त्यस्तै, पानोरामिक ग्लास रूफ, १२.३ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन र ७५ भन्दा बढी कनेक्टेड कार सुविधा उपलब्ध छन् । 

मेजेस्टरमा ६ वटा एयरब्याग, लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायत सुरक्षा सुविधा छन् ।

गो अटोमोबाइल्सले मेजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ । नेपालभर २४ घण्टा सेवा उपलब्ध हुने सडक सहायता पनि दिइने कम्पनीले जनाएको छ । ​​​​​​​

नाइमा एक्स्पोमा १५ लाख ५० हजारसम्मको लाभ

नाइमा एक्स्पोमा मेजेस्टर बुक गर्ने ग्राहकले १५ लाख ५० हजार रुपैयाँसम्मको मूल्य लाभ पाउनेछन् ।

यसअन्तर्गत ८ लाख रुपैयाँ नगद छुट, एक वर्षको पूर्ण बिमा र प्रिमियम एसेसरिज निःशुल्क उपलब्ध गराइनेछ ।

त्यस्तै, १० हजार रुपैयाँभन्दा माथिको बुकिङमा उपहार प्याकेज तथा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

Share News