राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले उक्त नाफा कमाएका हुन् ।

गत आर्थिक वर्षको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६३.६८ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूले कुल ५ अर्ब २८ करोड ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक रहेको छ। बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, लुम्बिनी विकास बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ८२.९६ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंकले ४८.४६ प्रतिशतले नाफा बढाउँदै ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

null

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ४६.९६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ थियो ।

गरिमा विकास बैंकले ३५.३४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ थियो ।

त्यसैगरी, कामना सेवा विकास बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

मुक्तिनाथ विकास बैंकको खुद नाफा भने १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Share News