काठमाडौं । जापान पठाउने भन्दै ठगी गरेको आरोपमा ग्याटसबाइ इन्टरनेशनल कन्सल्टेन्सीका सीईओ पक्राउ परेका छन् ।
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका २९ वर्षीय प्रतीक बुढाथोकी सोमबार बुटवलबाट पक्राउ परेका हुन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका बुढाथोकी रहेका छन् । उनलाई प्रहरीले वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।