विशेष अदालतमा गोल्छाको बयान लिइँदै

शेखर गोल्छा । फाइल तस्बिर ।

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि शेखर गोल्छा विशेष अदालत पुगेका छन् । 

मंगलबार (आज) गोल्छा विशेष अदालतमा बयानका लागि हाजिर भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यति बेला उनको बयान चलिरहेको छ । 

गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ । 

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ ।

त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। 

त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।

Share News