काठमाडौं । गाई आनुवंशिक स्रोत केन्द्र, जिरीले ४३ वटा गाई, साँढे तथा बहर, बाच्छा/बाच्छी लिलाम बिक्री गर्ने भएको छ ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय अन्तर्गतको गाई आनुवंशिक स्रोत केन्द्रले लिलाम बढाबढ प्रक्रियामार्फत ती पशु बिक्री गर्न लागेको हो ।
केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार आगामी भदौ १० गते बिहान १० बजेदेखि लिलाम प्रक्रिया सुरु हुनेछ । लिलाम गाई आनुवंशिक स्रोत केन्द्र, जिरी, दोलखामा हुनेछ ।
केन्द्रमा रहेका ४३ वटा गाई, साँढे तथा बहर, बाच्छा/बाच्छीलाई लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिने भएकाले इच्छुक तथा सम्बन्धित सबैलाई सहभागी हुन केन्द्रले जानकारी गराएको छ ।