काठमाडौं । टोयोटा नेपालले आगामी नाइमा एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष योजना घोषणा गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म आयोजना हुने अटो शोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन् ।
एक्स्पोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी समेत गरेको छ । एक्स्पो अवधिभर टोयोटाका गाडी बुकिङ गर्दा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । यो छुट केवल एक्स्पो अवधिमा गरिने बुकिङमा मात्र लागू हुनेछ ।
टोयोटाले नेपाली अटोमोबाइल बजारमा आफ्नो पहुँच विस्तार गर्दै दुई नयाँ मोडल सार्वजनिक गर्दैछ । गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत छानिने एक जना भाग्यशाली विजेताले जोडीसहित इलिट एक्स्प्लोरर्स कन्याकुमारी ड्राइभमा सहभागी हुने अवसर पाउनेछन् ।
नाइमा एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले कम्युनिटी ड्राइभमा भाग लिन पाउनेछन् । टोयोटा नेपालका अनुसार यो विशेष योजना केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई ठूलो बचत, नयाँ प्रविधि, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले ल्याइएको हो ।
कम्पनीले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने अटो शोमा सहभागी भई नयाँ मोडलहरूको अवलोकन र विशेष अफरको लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई आह्वान गरेको छ ।