काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूमाथि बहादुरगञ्जवासीलाई डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको आरोप छ ।
उनीहरूबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ।