कालिकोटमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौं । पलाँता अस्पतालमा प्रवेश गरेर चिकित्सक एवम नर्समाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका हुन् ।

उनीहरुले अस्पतालमा प्रवेश गरेर सामानहरू तोडफोड गरेको कालिकोट जिल्ला प्रहरी कार्यालयका सूचना  अधिकारी सुरेश खत्रीले बताए ।

उनका अनुसार तोडफोडमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ । शुक्रबार उनीहरूले अनाधिकृत रुपमा अस्पतालमा प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।

Share News