बालेन भन्छन्- नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका छन् । उनले अहिले देखिएको र सुनिएकोभन्दा वास्तविकता फरक हुन सक्ने बताएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् ।’

उनले वास्तविकता बुझ्नुअघि सुनेको वा देखेको कुरामै मात्र निर्भर हुन नहुने संकेत गरेका छन् । साथै, आवश्यक पर्दा एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’

Share News