विशेष महाधिवेशनबारे सर्वोच्चमा सबै तथ्य प्रस्तुत गर्न तयार छौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि अदालतसमक्ष सबै तथ्य पुनः प्रस्तुत गर्न आफूहरू तयार रहेको बताएका छन् ।

उनले संयुक्त इजलासले यसअघि रिट खारेज गरेर विवाद टुंग्याएको र पुनरावलोकनमा नगए पनि लामो बहसपछि न्यायिक निरूपण भइसकेको उल्लेख गरेका छन् ।

तर पुनः परीक्षणको प्रक्रियाले विशेष महाधिवेशनसँग सम्बन्धित संवैधानिक तथ्य र राजनीतिक यथार्थलाई अझ फराकिलो ढंगले उजागर गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

शर्माले संयम र परिपक्वताका साथ नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित सर्वोच्च अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट, खुला र पूर्ण रूपमा तत्पर रहेको बताएका छन् ।

Share News