काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावरको भएको छ । रिडिको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आँखु खोलाको २६ करोड, सोलु हाइड्रोको २३ करोड, नेसनल हाइड्रोको १९ करोड र खानीखोला हाइड्रोको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अपर लोहर खोलाको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।