सानिमा क्यापिटलको ‘सानिमा इक्विटी फन्ड–२’ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको बन्दमुखी सामूहिक लगानी कोष ‘सानिमा इक्विटी फन्ड–२’ सूचीकृत भएको छ ।

नेप्से र सानिमा क्यापिटल लिमिटेडबीच भएको सम्झौताअनुसार प्रतिइकाइ अंकित तथा चुक्ता मूल्य १० रुपैयाँ कायम रहेको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत गरिएको हो ।

सानिमा क्यापिटलले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको १२ करोड ५० लाख इकाइ दोस्रो सामूहिक लगानी कोष इकाइ नेप्सेमा सूचीकरण भएको जनाएको छ ।

नेप्सेका अनुसार ‘सानिमा इक्विटी फन्ड–२’ को दोस्रो बजार कारोबार साउन २१ गतेदेखि सुरु हुनेछ । सूचीकरणपछि उक्त योजनाको आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेडमार्फत उपलब्ध गराइनेछ ।

Share News