हर्मुज जलडमरूमध्य खोल्न ट्रम्पले इरानलाई दिए पुन: चेतावनी

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प । फाइल तस्बिर ।

काठमाडौं । हर्मुज जलडमरूमध्य खोल्नुपर्ने विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुन: चेतावनी दिएका छन् ।

ट्रम्पले फक्स न्युज च्यानलसँगको कुराकानीका क्रममा यस्तो चेतावनी दिएका हुन् ।

उनले ‘हर्मुज जलडमरूमध्य चाँडै नखुले  इरानमाथि निकै कडा हमला हुने’ दावी गरेका छन् ।

सम्झौता हुने सम्भावना बढिरहेका बेला तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको समयमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलडमरूमध्य हुँदै जाने दक्षिणी मार्ग अन्तर्राष्ट्रिय जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि खुला रहेको जनाएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले इरानसँगको वार्तामा प्रगति भएको बताएका थिए । 

उनीहरूले यसै सातादेखि तेल तथा अन्य सामानको समुद्री ढुवानी पुनः सुरु हुन सक्ने आशा व्यक्त गरेका थिए ।

Share News