तुलाधारले पाए ‘सीईओ अफ दि इयर’ अवार्ड

काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनीश वीरसिंह तुलाधारले ‘सीईओ अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् ।

सिंगापुरमा आयोजित ‘एसिया बिजनेस लिडर्स अवार्ड्स’मा उनले उक्त अवार्ड प्राप्त गरेका हुन्।

कम्पनीले तुलाधरले पाएको उपलब्धि नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रकै लागि एक ऐतिहासिक माइलढुङ्गा सावित भएको जनाएको छ ।

तुलाधारले यसअघि नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्सको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

युनिभर्सिटी अफ रिचमण्ड र इसेक बिजनेस स्कूलबाट उच्च शिक्षा हासिल गरेका तुलाधारले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई संयोजन गर्दै नेपाली बजारमा आधुनिक एवं दूरदर्शी दृष्टिकोण भित्र्याएका छन् ।

विसं २०३६ मा स्थापित नेपाल लिकर्स प्रालि नेपालभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थहरूको उत्पादन र वितरण गर्ने एक अग्रणी कम्पनी हो । 

डियाजियो जस्ता विश्वप्रसिद्ध ब्रान्डको विश्वसनीय फ्रेन्चाइज पार्टनरको रूपमा यसले सिग्नेचर ह्विस्की र स्मिरनोफ भोड्का जस्ता ब्रान्डहरू उत्कृष्ट गुणस्तर र व्यावसायिक नैतिकताका साथ उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

सीईओ तुलाधारको यो अन्तर्राष्ट्रिय सफलताप्रति नेपाल लिकर्सको सम्पूर्ण टोलीले बधाई ज्ञापन गर्दै उनको प्रेरणादायी नेतृत्वमा कम्पनीले भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने अपेक्षा राखेको छ ।

Share News