ओझाको संयोजकत्वमा बीमा क्षेत्र सुधारका लागि अध्ययन समिति गठन

काठमाडौं। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन् । 

समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन् । समितिलाई बीमा क्षेत्रको समग्र अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

Share News