प्रशासक बन्न पाँच सहकर्मीबीच प्रतिस्पर्धा

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासक बन्नका लागि पाँच जना प्रतिस्पर्धी देखिएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार कोषको प्रशासक बन्नका लागि पाँच जना सहर्मीहरु प्रतिस्पर्धामा देखिएका हुन् । 

मन्त्रालयले जीवन कुमार कट्वाल (झापा), दामोदर प्रसाद सुवेदी (महोत्तरी), भरतराज वस्ती (झापा), विजय कुमार श्रेष्ठ (मोरङ) र सागर कुमार सिंह (काठमाडौं)को नाम सर्टलिष्टमा राखेको छ । 

सर्टलिष्टमा परेका कट्वाल वर्तमान निमित्त प्रशासक हुन् । जितेन्द्र धितालले राजीनामा दिएपछि उनी निमित्त बनेका थिए । अहिले उनी पनि प्रशासक बन्ने प्रतिस्पर्धामा छन् । 

यस्तै, दामोदर प्रसाद सुवेदी पनि कोषको प्रशासक बन्ने दौडमा छन् । उनी हाल कोषको मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् भने अर्का प्रतिस्पर्धी भरतराज वस्ती पनि कोषको कामु सहप्रशासकको जिम्मेवारीमा छन् ।

यस्तै, विजय कुमार श्रेष्ठ पनि कामु सहप्रशासनको भूमिकामा छन् भने सागर कुमार सिंह पनि मुख्य प्रबन्धकको जिम्मेवारीमा छन् । 

छनोट समितिले छनोट भएका ५ जना उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति पनि तय गरेको छ । 

Share News