परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

फाइल तस्विर

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । 

सोमबार (आज) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मनोहराबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता अनुपशमशेर जबराले राहदानी ऐन अन्तर्गत भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए । 

उनका अनुसार भट्टराईविरुद्ध गत सोमबार नै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो । 

नेपालमा रहेका तिब्बती शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि भट्टराईविरुद्ध मुद्दा चलेको हो ।

विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहेको छ ।

Share News