आईसिएफसी फाइनान्सको नाफा साढे २६ करोड, कर्जा १०.८९ प्रतिशत बढ्यो

काठमाडौं । आईसिएफसी फाइनान्सको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा २१ प्रतिशत घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा फाइनान्सले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत बढेर ६४ करोड ५४ लाख २१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४३ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा फाइनान्सले ११ करोड ५ लाख २० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ८० करोड ६९ लाख ३९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३७ करोड ५१ लाख १५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा १२ करोड ३३ लाख १४ हजार रुपैयाँ शुल्क, ८१ करोड १३ लाख २७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ४७ करोड ४७ लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा थियो । 

फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १४ करोड १७ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ११.९८ प्रतिशत रहेको छ । 

१ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड ५३ लाख ७५ हजार रुपैयाँ रहेको छ । 

गत असारसम्म फाइनान्सले २२ अर्ब २३ करोड २७ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६९ करोड ५६ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ अर्ब ९९ करोड २ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ८५ करोड ९१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  गत वर्ष कम्पनीको निक्षेप ११.२१ प्रतिशत र कर्जा १०.८९ प्रतिशत बढेको छ । 

फाइनान्सको प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा २६.३८ गुणा मूल्य आम्दानी अनुपात छ भने १८९.३२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ । 

कम्पनीले गत वर्ष खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष १.८४ प्रपिशत खराब कर्जा रहेकोमा गत वर्ष १.५५ प्रतिशतमा झारेको छ । 

Share News