कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी साउन २४ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले आइतबार (आज) जारी गरेको सूचनाअनुसार बैठक श्रावण २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने तय भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ । 

बैठकका एजेन्डाबारे भने पार्टीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

Share News