काठमाडौं । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् ।
सडकको अवस्थाबारे सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेका प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए ।
उनका अनुसार मन्त्री लम्सालले आज शनिबार कालिकोट-नाग्म-गमगढी सडक र आइतबार खुलालु-कोल्टी-सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
ती सडकको निरीक्षण सकेलगत्तै उनी नेपाल-चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए ।