मितेरी बैंकको सेयर बेचेर ३ जना संस्थापक बाहिरिँदै

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकका अनुसार संस्थापक सेयरधनी ललिता थापाले १ लाख १ हजार ४०० कित्ता, सविना श्रेष्ठले ६१ हजार १२४ कित्ता र सुनिल श्रेष्ठले ६८ हजार ८५० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

ललिता थापा र सविना श्रेष्ठले बिक्रीमा राखेको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । तर, ३५ दिनभित्र  संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइनेछ ।

यस्तै, सुनिल श्रेष्ठले बिक्रीमा राखेको संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा आवेदन दिनुपर्नेछ ।

Share News