म्याग्दीको सरस्वती विद्यालयमा २८ लाखको लागतमा नयाँ भवन निर्माण

तस्बिर : एआई

म्याग्दी ।  बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो ।      

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले २८ लाख ६३ हजार रुपैयाँको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिए । उनका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ ।      

पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् । 

Share News