काठमाडौं । फिफा विश्वकपअन्तर्गत जर्मनीलाई इक्वेडरले हराएको छ । जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ ।
सुरुमा पछि परेको स्थितिबाट इक्वेडरले पुनरागमन गरेको हो ।
खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो ।
खेलको २ मिनेटमै जर्मनीका लागि लेरोय सानेले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । इक्वेडरका निल्सन एंगुलोले ९ औं मिनेटमा जवाफी गोल गर्दै खेललाई १(१ को बराबरी स्थितिमा ल्याए।
खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरलाई २१ ले विजयी गराए ।
खेलमा जित हासिल गरेसँगै इक्वेडर समूह ‘ई’को तेस्रो स्थानमा रहे पनि उत्कृष्ट टोलीका रूपमा अन्तिम ३२ मा पुग्ने निश्चित भएको छ ।