ललितपुरको जावलाखेलमा बोसको ‘ब्राण्ड स्टोर’ सञ्चालनमा

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्राइभेट लिमिटेडले ललितपुरको जावलाखेलमा जर्मन प्रविधिका प्रसिद्ध घरायसी सामग्री (होम एप्लायन्सेस) को नयाँ ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ । 

एक विशेष समारोहका बीच उक्त स्टोरको औपचारिक उद्घाटन गरिएको हो । बिएसएच होम एप्लायन्सेस इण्डियाका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सेफ खानले उक्त स्टोरको समुद्घाटन गरे ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठकाअनुसार ग्राहकहरूलाई जर्मन प्रविधिको उच्च गुणस्तर र नवीनताको प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले यो अत्याधुनिक स्टोर डिजाइन गरिएको हो । जावलाखेलस्थित अल्का अस्पतालको विपरित दिशामा सञ्चालनमा ल्याइएको यस स्टोरमा ग्राहकहरूले बोस ब्राण्डका विभिन्न अत्याधुनिक घरायसी उपकरणहरूको अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

यस नयाँ स्टोरमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा पुर्याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । 

Share News