राहदानी विभागका महानिर्देशक अर्यालसहित चारजनालाई पाँच दिनको म्याद थप

काठमाडौं । ई–पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको चार जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति पाएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी,  तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई दोस्रो पटक पाँच दिन म्याद थप गरेको हो । 

न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले म्याद थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हिटानले जानकारी दिइन् ।

महानिर्देशक अर्यालले सोमबार प्रधानमन्त्रीलाई भेटेका थिए, यस्तो छ घटनाको नालीबेली
 

Share News