सुनको मूल्य १२ सयले बढ्यो, कति पुग्यो प्रतितोलामा ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने क्रम जारी रहेको छ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नै सुनको मूल्यमा बढोत्तरी आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा (आज) आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । 

योसँगै आज उपभोक्ताले एक तोला सुन खरिद गर्न २ लाख ९३ हजार २०० रुपैयाँ खर्चिनु पर्ने भएको छ । 

यसअघि गत शुक्रबार पनि सुनको मूल्यमा एकैदिन ५ हजार ३ हजार रुपैयाँको ठूलो वृद्धि भएको थियो । जसका कारण उक्त दिन छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । 

गत शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ । 

यस्तै, आज १० ग्राम सुनको बजार भाउ २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । 

Share News