सुनको मूल्य आज ५ हजारले घट्यो

काठमाडौं । पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य घटिरहेको छ । सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार १ सय रुपैयाँले घटेको हो ।

५ हजार १ सय रुपैयाँ घटेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

अघिल्लो दिनपनि सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो । उक्त दिन १ तोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि आज ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Share News