अब सवारी साधनमा दुर्घटना रोक्ने डिभाइस जडान अनिवार्य गरिने

 

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै सार्वजनिक तथा व्यावसायिक गाडीहरूमा दुर्घटना रोक्ने डिभाइस जडान अनिवार्य गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सडक सुरक्षा सुधार र दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन यस्तो व्यवस्था लागू गरिने बताएका छन् । 

सरकारका अनुसार नयाँ नीति अनुसार बस, ट्रक, माइक्रोबस तथा अन्य व्यावसायिक सवारी साधनमा गति नियन्त्रण, आपतकालीन चेतावनी प्रणाली र अन्य सुरक्षा प्रविधि जडान गर्नुपर्नेछ।

यस कदमले चालकको लापरबाही, अत्यधिक गति र प्राविधिक कमजोरीका कारण हुने दुर्घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share News