काठमाडाैं । सरकारले सङ्घीय राजधानी काठमाडौंमा १०० मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि यो परियोजना अगाडि बढाइने बताए ।
राजधानीभित्रै ठूलो परिमाणको सोलार ऊर्जा उत्पादन गरी विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन यो योजना ल्याइएको अर्थमन्त्री डा. वाग्लेले बताए ।