काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको पोषण भत्तामा उल्लेख्य वृद्धि गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोषण भत्तालाई दोब्बर बनाउने घोषणा गरेका हुन् ।
सरकारको यस नयाँ व्यवस्थासँगै अब लक्षित समूहले मासिक एक हजार रुपैयाँ पोषण भत्ता प्राप्त गर्नेछन् । यसअघि यो भत्ता मासिक पाँच सय रुपैयाँ मात्र रहेको थियो।
बालबालिका तथा लक्षित वर्गको स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले सरकारले चालु भत्तामा शतप्रतिशत वृद्धि गरी मासिक एक हजार रुपैयाँ कायम गरेको अर्थमन्त्री डा. वाग्लेले बताए ।
यस वृद्धिले ग्रामीण तथा विपन्न परिवारका बालबालिकाहरूको पोषण स्तर सुधार गर्न थप सघाउ पुग्ने अपेक्षा गरिएको छ ।